Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु भएका तीन जनाको पहिचान खुल्यो

सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ।

दोलखा भीमेश्वर नगपालिका- १ का १८ वर्षीय शिव श्रेष्ठ, ७० वर्षीय मानबहादुर थामी र १९ दीपेन्द्र थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

उनका अनुसार ७ जना मध्यम घाइते भएका छन् भने ४५ जना सामान्य घाइते भएका छन्। त्रिपुरासुन्दरी गाउँपालिका-५ धारावतीमा जन्ती बोकेको बस  शुक्रबार बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको हो। बसमा ५५ जना सवार थिए।

पिस्करतर्फ जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस धारावतीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो।