प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
बिहीबार ओली झापाबाट काठमाडौं एयरपोर्ट ओर्लने बित्तिकै प्रचण्डलाई भेट्न सिंधै सिंहदरबार पुगेका हुन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर वैकल्पिक गठबन्धन बनाउने छलफल गरेपछि ओली र दाहाल छलफलमा बसेका हुन् ।