Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

नेपालमा हिन्दुहरुलाई ब्युताउँन आएको छुः बागेश्वर बाबा

बहुचर्चित कथाबाचक धीरेन्द्र शास्त्री नागेश्वर महाराजले नेपाल बिना भारत अधुरो हुन्छ जसरी माता सीता बिना राम अधुरो हुने बताएका छन् । आफ्नो पाँच दिने धार्मिक यात्रामा बिश्व बिख्यात वागेश्वरधामका पीठाधीश धीरेंद्रकृष्ण शास्त्री बुधवार हेलीकाप्टर बाट नेपालको सुनसरी जिल्ला अंतर्गत वाराह क्षेत्र चतरा पुगेर त्यस्तो बताएका हुन् ।

रामनवमीको अवसरमा बुधबार सुनसरीको चतराधामस्थित राम मन्दिरको शिलान्यास गर्दै बागेश्वर बाबाले भने, ‘नेपाल र भारत हेर्दामा दुई फरक राष्ट्र देखिन्छ । तर साँचो अर्थमा भन्ने हो भने नेपालीबिना भारत अधुरो छ । माता जानकी जीबिना हाम्रा रामजी अधुरा छन् । हामीपनि नेपाल नआइ अधुरै थियौं ।’

नेपालमा पहिलो पटक शाश्वतधाममा आएको बताएका बागेश्वरले दोस्रो पटक चतराधामले बोलाएको उल्लेख गरे । उनले भने, ‘दोस्रोपटक नेपाल आएको छु । मनमा कुनै भ्रम छैन । हिन्दुमा उत्साह ल्याउन र फेरि एकपटक नेपालमा हिन्दुहरुलाई ब्युताउँन आएको छु ।’ नेपाल आफ्नो आत्मा भएको बताएका बागेश्वर बाबाले भने, ‘नेपाल राष्ट्रको उत्थानका लागि नेपालमा शान्ति सद्भाव कायम राख्नका लागि, नेपालमा हिन्दुत्वको प्रभुत्व कायम राख्नका लागि, राम महिमा बढाउनका लागि प्रार्थना गर्दछु । सबै नेपालीको भलो होस् ।’

बराह क्षेत्र चतरा स्थित आदर्श माध्यमिक विद्यालय प्राङ्गणमा अनंत श्री विभूषित जगद्गुरु श्री रामकृष्णाचार्य महायोगी सिद्ध बाबा सहित सनातन धर्म प्रेमिहरुले माला लगाएर उनको भव्य स्वागत गरेको थियो । उक्त अवसरमा धीरेन्द्र शास्त्रीसँगै राजेन्द्र राउत, बिकास चौधरी , अरुण राठी , अरुण सुराना , सुरेश राठी , सुशील राठी , नरेश राठी डब्बू ,अमित धाडेवा, बीरू धडेवा सहित उच्च सुरक्षा अधिकारीहरु उनको टोलीमा सहभागी रहेका थिए । कार्यक्रम स्थल संगै रहेको हनुमान मन्दिरमा बागेश्वर महाराजले पूजा अर्चना गरेका थिए ।

सोही अवसरमा पीठाधीश धीरेंद्रकृष्ण शास्त्रीले झण्डै दुई अरब रुपैयाँको लागतमा ब्रह्ममंडीय शैली श्रीयंत्र आकारको प्रस्तावित राम मंदिरको शिलान्यास गरेका थिए । सो अवसरमा कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्की, संघीय सांसद, प्रदेश सांसदहरु, बिभिन्न दलका नेताहरु तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । शिलान्यास पश्चात कार्यक्रम लाई संक्षिप्त संबोधन गर्दै बागेश्वर महाराजले नेपालको बिना भारत अधूरो छ जसरी माता जानकी बिना हाम्रो राम अधूरो । उनले भने, ‘नेपाल हाम्रो मुटु हो ।’

उनले पशुपति नाथ, महादेवको भूमि जबसम्म हामी पुग्दैनौ हामी अधुरो नै हुन्छौं भनेका थिए । धीरेन्द्र शास्त्रीले भने नेपालका हिन्दूहरुलाई एकजुट गर्न र नेपालमा शांति कायम राख्न बालाजी महाराज संग प्रार्थना गर्दछु । बागेश्वर महाराज चतरामा आयोजित पांच दिवसीय हनुमान कथावाचन गर्ने कार्यक्रम रहेको छ । इस मौके पर नेपाल सरकार के ओर से कड़ा सुरक्षा व्यवस्था किया गया कथाबाचनको अवसरमा शान्ती सुरक्षा कायम राख्न ठूलो संख्यामा नेपाल प्रहरी , र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

साथै हिन्दू स्वयंसेवक संघ, नेपाल स्काउटका साथै सैयौं स्वयंसेवक र पीठका कार्यकर्ताहरु परिचालित भएका छन् । चतरा धाममा लागिरहेको १ महीने कुम्भ स्नानको अवसरमा बिशेष रूपमा कथाबाचनको लागि भारत मध्यप्रदेश स्थित बागेश्वर महाराज लाई निम्तोसहित बोलाइएको छ ।