Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

सुहाङ्गलाई जिताएर पठाउनुस्, विकासको जिम्मा सुहाङ्गले लिन्छ सुहाङ्गको जिम्मा म लिन्छुः ओली

‘चुनाव नजित्दा सुहाङलाई घाटा पर्दैन, इलामलाई घाटा पर्नेछ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम-२ मा हुने उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउन आग्रह गरेका छन् । आज बुधबार इलामको मंगलबारेमा भएको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले इलामको विकास गर्ने सुवास नेम्वाङको सपना साकार पार्न पनि सुहाङलाई निर्वाचित गर्नुपर्ने बताएका हुन् ।

‘इलामबाट सुहाङ्गलाई जिताएर पठाउनुस्, विकासको जिम्मा सुहाङ्गले लिन्छ सुहाङ्गको जिम्मा म लिन्छु’, ओलीले भनेका छन् । उनले सुहाङले चुनाव जितेर पैसा कमाउने नभई देश विकास गर्ने पनि बताए । ‘पैसा कमाउने भए यो उकालो ओरालो किन कुद्नुपर्थ्यो, सोफामा बसेर एक दुई वटा मुद्दा हेरेर पनि कमाउन सक्थे । इलाम बनाउने अभियानलाई पूर्णता दिन भनेर सुहाङ उम्मेदवार बनेका हुन् । सुहाङले हार्दा सुहाङलाई घाटा हुँदैन, इलामलाई हुन्छ ।’ ओलीले भनेका छन् ।

image-11.webp

अध्यक्ष ओलीले सुवास नेम्वाङले पटक–पटक चुनाव जितेको क्षेत्रमा जनता झुक्याउन नभई विकासको एजेण्डा लिएर आएको बताएका हुन् । ‘हामी जनता छक्याउन आएका होइनौं, हामीलाई जनता अल्मल्याउनु र ढाँट्नु छैन । सिंगार पटार गरेर आउनु पर्ने छैन’, ओलीले भने । इलामबाट निर्वाचित प्रतिनिधिले देशलाई संविधान दिने काम गरेको र पिताश्रीले अगाडि बढाएको अभियानलाई निरन्तरता दिनको लागि सुहाङ आएको उनले बताए । ‘ठेक्का पट्टामा कमिसन खाएर पैसा कमाउन आएको होइन, महिनामा २(४ लाख वकालत गरेर कमाउने सामर्थ्य सुहाङसँग छ’, ओलीले भने, ‘चुनाव नजित्दा सुहाङलाई घाटा पर्दैन, इलामलाई घाटा पर्नेछ ।’

विगतमा आउँदा सुवास नेम्वाङसँग मञ्चमा बस्ने गरेको स्मरण गर्दै ओलीले भने, ‘यहाँ आज मैले बोलेको कुरा हजारको नोटमा लेखेको तुरुन्त भुक्तानी हुनेछ भने जस्तै हो, सुहाङको ग्यारेन्टी म लिन्छु । नोटमा लेखेको जस्तै मैले बोलेको कुराको भुक्तानी दिनेछु ।’ इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।