Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज रातिदेखि बन्द

 भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज रातिदेखि बन्द भएको छ ।

भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गर्दै सीमा नाका बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

वैशाख ७ गते उत्तराखण्ड राज्यमा  लोकसभाका लागि चुनाव हुँदैछ । चुनावलाई मध्यनजर गर्दै आज बेलुका ६ बजेदेखि वैशाख ७ गते बेलुका ७ बजेसम्म झुलाघाट नाका बन्द रहने प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने सहमति भएको छ । नाका बन्द गर्नका लागि भारतीय अधिकारीसँग यसअघि नै समन्वय भइसकेको छ ।