Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

३४ शाखा अधिकृतको उपसचिवमा बढुवा, को–को परे? (सूचीसहित)

३४ शाखा अधिकृतहरु उपसचिवमा बढुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहबाट कार्यक्षमता मूल्यांकनका आधारमा ३४ जनालाई उपसचिवमा बढुवा गरेको हो ।

यसरी तृतीय श्रेणीका अधिकृतहरुलाई द्वितीय श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रालयले बढुवा भएका उपसचिवहरुलाई पाँच दिने अभिुमखकीरण पनि दिनेछ ।

उनीहरूको पदस्थापनको निर्णय पनि भइसकेको छ । त्यसका लागि मन्त्रालयले मंगलबार नेपाल प्रशासनिक प्रशक्षिण प्रतिष्ठानमा बढुवा भएकाहरुको सूस्चीसहित पत्राचार पनि गरेको छ ।


हेर्नुस् बढुवा सूची