Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदित

संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिसका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए । प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।