Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

दुई–चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौंः बास्कोटा

सत्तारुढ नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले चुनावपुर्व गठबन्धन गरेर दुई–चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद बास्कोटाले फेरि राजनितिक कचिंगलमा मुलुक फस्ने देखिनु दुःखद भएको बताउँदै २–४ सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्ः फेरि राजनितिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद हो।सधैको अस्थिरता किन र केका लागि रु समावेशी क्षेत्रलाई पनि प्रतिष्पर्धी बनाएर समेत एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानै पर्छ । चुनावपुर्व गठबन्धन गर्ने, दुई–चार सीट ल्याउने, सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौ ।