Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

अफ्रिकाका लागि शान्ति सेनाको डफ्फा अदलाबदली

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनाका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा खटिएको नेपाली सेनाको डफ्फा अदलाबदली भएको छ । 

श्री भवानीबक्स गण पाँचौं डफ्फालाई बदली गर्न दी फेमस महिन्द्रदल गण छैटौं डफ्फामा सम्मिलित १९४ जनाको अन्तिम टोली गएको हो ।

army.png

टोली सेनानी हिराबहादुर घिमिरेको नेतृत्वमा यूएन चार्टर्ड उडानमार्फत सोमबार काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेको हो । 

उक्त मिसनबाट आफ्नो कार्यावधि सकेर टोली प्रमुख सेनानी रितबहादुर भण्डारी नेतृत्वको १९४ जनाको टोली आइतबार फर्किएको थियो ।

हाल उक्त मिसनमा नेपाली सेनाका १ हजार २ सय ४१ जना कार्यरत रहेको जंगी जड्डाले जनाएको छ ।

 

तस्बिर सौजन्य: नेपाली सेना