डा. बाबुराम भट्टराईसँग लामो समय सहकार्य गरेका विश्वदीप पाण्डेले नेपाल समाजवादी पार्टी छाडेको घोषणा गरेका छन्।
आज सोमबार फेसबुकमा स्टाटस लेख्दै पाण्डेले समाजवादी पार्टी छाडेको घोषणा गरेका हुन्। उनी नेसपाको राजनीतिक समितिका सदस्य थिए।
तत्कालीन नेकपा माओवादी भूमिगत हुँदादेखि नै पाण्डे डा. भट्टराईको स्वकीय सचिव थिए। त्यसयता पाण्डे लगातार भट्टराईनिकट रहेर काम गर्दै आएका थिए।
