Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

बुद्धचित्तको रुख काटिएको प्रकरणमा थप एकजना प्रहरी नियन्त्रणमा

काभ्रेको रोशी गाउँपालिका–५, सीसाखानीमा रहेको बुद्धचित्तको रुख काटेको आरोपमा थप एक जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले शनिबार साँझ दुर्गालाल तामाङलाई नियन्त्रणमा लिएको हो । तामाङलाई नियन्त्रणमा लिएर सोधपुछ गरिहरेको तर संलग्नता भन्ने पुष्टि भइनसकेको प्रहरीले बताएको छ ।

यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा काठमाडौंबाट मानबहादुर तामाङ (सिजन) पक्राउ परेका थिए । उनले एक महिनाअघि २२ फागुनमा बोधिचित्त रुखका धनी शेरबहादुर तामाङलाई सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गेम इज ओभर नेक्स्ट इयर (अर्को साल खेल खत्तम) भनेको भेटिएको थियो ।

प्रहरीका अनुसार वार्षिक ३ करोड रुपैयाँ दिने गरी ५ वर्षलाई सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरेको खुलेको थियो । अर्को पक्षले रुखको ठेक्का नपाएपछि काटिउको हुनसक्ने आशंका गरिएको छ ।

भर्खर फुलखेल्दै गरेको ठकुरानी तामाङको बोधिचित्तको रुख बिहीबार राति काटिएको थियो । घर वरपर सकेट बम राखेर रुख काटिएको थियो । घर धनीलाई बाहिर निस्कन समेत नदिई अज्ञात समूहले रुख काटेको थियो ।