Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

धादिङमा ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु, आठ जना घाइते

धादिङको नीलकण्ठ नगरपालिकास्थित खाल्टेमा मल बोकेको ट्रक दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ ।

 नीलकण्ठ– ५ खाल्टेको पतेनीबाट पतेनीबेँसीतर्फ जाँदै गरेको बा.२ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पालपाली टोलमा दुर्घटना हुँदा पतेनीका १० वर्षीय सन्तोष रम्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव ब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।

दुर्घटनामा परी थप पाँच बालबालिकासहित आठ जना घाइते भएका छन् । घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना लगत्तै प्रहरी र एम्बुलेन्स घटनास्थल पुगेर स्थानीयको सहयोगमा घाइतेको उद्धार गरिएका थिए ।