Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् प्रतितोला कति पुग्यो?

स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार आठ सय कायम भएको छ । 

त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार एक सय ५० कायम भएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु ५० ले घटेर रु एक हजार सात सय कायम भएको छ ।