Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

सुदूरपश्चिमको मुख्यमन्त्री नाउपाले पाउने

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले मुख्यमन्त्री पाउने भएको छ। आज आइतबार बालुवाटारमा भएको शीर्ष नेताबिचको छलफलमा आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने औपचारिक सहमति भएको नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन्।

बैठकमा माओवादी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभगी रहेका थिए।

सुदूरपश्चिम प्रदेशमा आज सरकार गठनका लागि दाबी पेश गर्ने अन्तिम दिन हो।