Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

लड्डु बाँडेर नयाँ वर्ष शुरुवात गरेका गृहमन्त्री लामिछाने निस्किए ट्राफिक सचेतनामा

गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा आज आइतबार ट्राफिक जनचेतना र्‍याली निकालिएको छ । सुन्धाराबाट सुरु भएको र्‍याली रत्नपार्क, पुरानो बसपार्क हुँदै सभा गृह पुगेको थियो । 

ट्राफिक नियमबारे जनचेतना फैल्याउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा प्रभातफेरी कार्यक्रम गरिएको हो । र्‍यालीमा सहभागीहरूले विभिन्न ट्राफिक सचेतना लेखिएका प्लेकार्डहरू बोकेका थिए ।

र्‍यालीमा विद्यार्थी, सामाजिक अभियन्ता तथा प्रहरीहरूको उल्लेख्य सहभागिता रहेको थियो । गृहमन्त्री लामिछानेले हिजो प्रहरी र सवारी चालकलाई मिठाइ र लड्डु बाँड्दै नयाँ वर्षको शुरुवात गरेका थिए ।