Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

आजदेखि ठमेल र दरबारमार्ग २४ सैं घण्टा खुल्ला रहने

आज शनिबारदेखि काठमाडौं महानगरपालिकाभित्रका दरबारमार्ग र ठमेल क्षेत्र २४सैं घण्टा खुल्ला हुने भएको छ ।

उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेका अनुसार २०८१ बैशाख १ गते देखि दरबारमार्ग र ठमेल क्षेत्र २४ सैं घण्टा खुल्ला हुने भएको हो ।

‘ठमेल र दरवारमार्ग क्षेत्र व्यापारिक प्रयोजनका लागि स्पष्ट मापदण्ड, आचारसंहिता र पूर्ण सुरक्षा प्रत्याभूतिसहित नयाँ वर्ष २०८१ सँगै २४सै घण्टा खुल्दै छ,’ उपप्रधान तथा गृहमन्त्री लामिछानेले जानकारी दिँदै भने ।