वाणिज्य बैंकहरुले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले वैशाख महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकहरुले ब्याजदर घटाएका छन् ।
वैशाख महिनाका लागि १३ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । ५ वटा बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । त्यस्तै, २ वटा बैंकले ब्याजदर बढाएका छन् ।
वैशाख महिनाका लागि कुन बैंकको ब्याजदर कति?
एनआईशी एशिया बैंक
एनआईशी एशिया बैंकले चैत महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.७५० प्रतिशत र संस्थागततर्फ अधिकतम ६.७०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडले बैशाख महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
कुमारी बैंक
कुमारी बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.११ प्रतिशत र संस्थागतर्फ ६.२६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
कृषि विकास बैंक
कृषि विकास बैंक लिमिटेडले वैशाख महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगततर्फको अधिकतम ब्याजदर ५.६६१ प्रतिशत कायम गरेको छ भने संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ४.५१०० प्रतिशत कायम गरेको छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंक
स्ट्याण्डर्ड चाटर्ड बैंकले वैशाख महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५ं.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
प्रभु बैंक
प्रभु बैंकले वैशाख महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले वैशाखका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले वैशाख महिनाका लागि ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगततर्फ ७ र संस्थागततर्फ अधिकतम ६ प्रतिशत ब्याजदर तोकेको छ ।
एनएमबी बैंक
एनएमबी बैंकले वैशाख महिनाका लागि ब्याजदर बढाएको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.९७ प्रतिशत र संस्थागततर्फ ६.९७ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
हिमालयन बैंक
हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
सिटिजन्स इन्टरनेशनल बैंक
सिटिजन्स इन्टरनेशनल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम भएको छ ।
नविल बैंक
नविल बैंकको वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर कायम भएको छ ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले बैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको छ ।
सानिमा बैंक
सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर कायम गरेको छ ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले बैशाख महिनाका लागि बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर रहेको छ ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५३ प्रतिशत र संस्थागततर्फ ५.५३ प्रतिशत ब्याजदर रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले बैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।