Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

रौतहटमा एकैदिन ४ जना युवतीले गरे आत्महत्या

रौतहटमा एकैदिन ४ जना युवतीले आत्महत्या गरेका छन् । फरक फरक स्थानमा ४ युवतीले झुण्डिएर आत्महत्या गरेका हुन् ।

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी दिपनारायण चौधरीका छोरी  करिब १८ वर्षिय अविवाहित मनिसाकुमारी चौधरीले बिहिवार झुण्डिएर आत्महत्या गरेकी हुन्  ।

यस्तै वृन्दावन नगरपालिका–८ निवासी रामपुकार साहको छोरी करिब १७ वर्षिय सिवानी साह, गढीमाइ नगरपालिका–३ निवासी अजाद अन्सारीको छोरी करिब १६ वर्षिय छोरी असिया खातुनले पनि आत्महत्या गरेका छन् ।

यता दुर्गा भगवती गाउँपालिका–२ गंगा पिपरा नुनिया टोल निवासी रुपलाल दासको १५ वर्षिय छोरी आचलकुमारी दासले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता नायब उपरीक्षक प्रहरी एलिजा गिरिले जानकारी दिए । उनका अनुसार पछिल्लो समय रौतहटमा आत्महत्या गर्नेको संख्या बढेको छ ।