Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

काभ्रेमा कसले काट्यो करोडौं पर्ने बुद्धचित्त?, चारवटा सकेट बम फेला

काभ्रेको रोशी गाउँपालिका–५ स्थित ठाकुरानी तामाङको बारीमा रहेको बुद्धचित्तको रुख अज्ञात समूहले काटेको छ । बिहीबार राति १ बजे आएका १५/२० जनाको समूहले ठाकुरानीको बारीको बुद्धचित्तको बोट काटेको हो । 

बुद्धचित्त काटेकै स्थानमा चार थान सकेट बम भेटिएको काभ्रे प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा पुगेर थप अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी र  सेनाको टोली घटनास्थलमा रहेको बम निष्क्रिय गर्न पुगेको जनाइएको छ।

बुद्धचित्त मालाको बोट अपरिचित समूह आई काटेको हो। बोट काटिएको स्थानमै, घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम राखिएको र सो नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको प्रहरीको भनाइ छ। प्रहरील थप अनुसन्धान गरिरहेको छ।  

बोट काटेको समूहले उनको घरमा समेत चारवटा सकेट बम राखेको थियो । बम राखिएको ठाउँ नजिक जनमुक्ति सेना नेपाल लेखिएको ज्याकेट समेत फेला परेको छ । स्थानीयले राति नै कोभ्रे प्रहरीलाई खबर गरेका थिए । तर, प्रहरी पुग्दा बोट काटिएको थियो ।

प्रहरीले बोट काट्ने समूहमाथि अनुसन्धान सुरु गरेको छ । काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार केही युवामाथि आशंका गरिएको छ । तर, उनीहरू भेटिएका छैनन् । उक्त बोटको बुद्धचित्तको दाना गत वर्ष ९० लाख रुपैयाँमा बिक्री गरिएको थियो । यो वर्ष समेत बिक्रीका लागि विभिन्न व्यापारीहरू ठाकुरानीको घर पुग्ने गरेको खुलेको छ ।