Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

मिस्टर गे नेपाल २०२४ को क्लोजक्याम्प सुरु, प्रथमलाई १ लाख

मिस्टर गे नेपाल २०२४ को आयोजना हुने भएको छ । मिस्टर गे नेपालका प्रतिष्पर्धीहरुको बिहीबारदेखि क्लोजक्याम्प पनि सुरु भएको छ।

क्याम्पमा देशभरबाट छनोट भएका १८ जना सहभागी छन्। वैशाख ९ गते आइतबारका दिन छाया सेन्टर ठमेलमा फाइनल भिडन्तमा १८ जना नै सहभागी हुने मायाको पहिचान नेपालका सचिव पाण्डेले जानकारी दिए। मिस्टर गे नेपालको उपाधि विजेताले बेलायतमा हुने मिस्टर गे वर्ल्डमा सहभागी हुन पाउनेछन्। पुरस्कार राशि , दोस्रो हुनेलाई ७५ हजार, तेस्रो हुनेलाई ५० हजार सहित गिफ्ट ह्याम्पर प्रदान गर्ने घोषणा मायाको पहिचान नेपालले गरेको छ।

Gay1.jpg

मिस्टर गे नेपालका प्रतिष्पर्धीहरुलाई सम्मान सहित प्रमाणपत्र पनि प्रदान गरिनेछ। सन् २०१३ मा विश्वराज अधिकारीले पहिलो मिस्टर गे हेन्डसमको उपाधि पहिरिएका थिए भने सन् २०१७ मा भएको दोस्रो गे हेण्डसमको उपाधि मनिल सिंहले हात पारेका थिए।

त्यसपछि ६ वर्ष वर्षसम्म हुन नसकेको मिस्टर गे नेपाललाई मायाको पहिचान नेपालले २०२४ मा पुर्नजीवित गराएको छ। देशका विभिन्न जिल्लाबाट सहभागी प्रतिष्पर्धाीहरुले ६ वर्षपछि मिस्टर गे नेपाल आयोजना हुन लागेकोमा खुसी व्यक्त गरेका छन्। मायाको पहिचान नेपालले अब देखि हरेक वर्ष मिस्टर गे नेपाल आयोजना गर्ने घोषणा पनि गरेको छ। मायाको पहिचान नेपाल २०८० साल कार्तिकमा मात्रै स्थापना भएको हो।

मिस्टर गे नेपालका लोगो अङ्कित टिसर्ट पनि सार्वजनिक भएको छ। मोडल, कोरियोग्राफर र होष्ट प्रिया रानी लामा, मेकअप आर्टिस्ट चन्द्र गुरुङ्ग, गे हेण्डसम २०१७ का मनिल सिंह, मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसी, सचिव सुरेन्द्र पाण्डेले मिस्टर गे नेपालको टिसर्ट सार्वजनिक गरेका हुन्।

Gay2.jpg

मायाको पहिचान नेपालले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पहिलो पटक रेन्बो अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन आयोजना गर्न लागेको छ।