Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

दूधकोशीमा डुबेर दुई युवकको मृत्यु

भोजपुरको आमचौक गाउँपालिका–१० स्थितमा दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको ज्यान गएको छ ।

बुधबार दिउँसो १ बजे आमचोक– ६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राईको दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ । 

उनीहरुको शवलाई पोष्टमाटमको लागि धरानको घोपा पठाइएको प्रहरीले जनाएको छ ।