Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले लिए पद तथा गोपनियताको शपथ

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनियताको शपथ लिएका छन्।  

प्रदेश प्रमुख तिलक परियारले बुधबार अपराह्न मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

एमाले संसदीय दलका नेता समेत रहेका कँडेल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी एक सांसद छन् । २१ सांसद भए बहुमत पुग्नेमा कँडेललाई २३ सांसदको समर्थन छ ।