Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

लागुऔषधसहित चारजना पक्राउ

प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चितवन घर भई कामनपा -९ बस्ने ५१ वर्षकी लक्ष्मी परियार, धनगडी घर भई हाल का.जि. कामनपा -९ बस्ने बर्ष ३५ को ईन्द्र ब. साउँद, दोलखा घर भई हाल का.जि. कामनपा -९ बस्ने बर्ष ३४ की सृजना बिक र काठमाडौं कामनपा -९ बस्ने बर्ष ५१ की मिना बस्नेत रहेका छन् ।

प्रहरीका अनुसार सिनामंगल स्थित सुकुम्बासी टोलमा लागुऔषध कारोवार भई रहेको भन्नेसूचना प्राप्त भए पश्चात उक्त स्थानमा पुगी निम्न व्यक्तिहरुको घर खानतलासी गर्ने क्रममा लागुऔषध फेलापारी बरामद गरी नियन्त्रणमा लिई थप अनुसन्धानको लागि प्रहरी वृत्त गौशालामा बुझाइएको छ ।

जिल्ला अदालत काठमाडौंबाट दिन – ७ को म्याद थप अनुमति लिई प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भईरहेको छ ।