नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद चल्न नदिने सरकारको नियतप्रति आशंका रहेको बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा उनले कांग्रेसले संसद अवरोध गर्न नचाहेको तर संसद चल्न नदिने सरकारको नियतप्रति आशंका रहेको बताए ।
उनले भने, “हामी संसद अवरोध गर्न चाहँदैनौँ । संसदभित्र पसेर संसदमाथि प्रहार गर्ने ठगी गर्ने र संसद चल्न नदिने सरकारको नियतप्रति हाम्रो आशंका छ । त्यसैले निष्पक्ष छानबिन गर्न संसदीय समिति माग गर्छौैं ।”
गएको पुसपछि सहकारी ठगीको कुरा सतहमा आउन थालेको बताए । यसैगरी उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको प्रमुखको रुपमा संसदमा बोलेर दोषी उम्काउने प्रयास गरेको आरोप समेत लगाए ।