इस्लाम धर्मावलम्बीहरूको पर्व ईद–उल फित्र (ईद) का दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।
बिहीबार पर्ने उक्त ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डितले जानकारी दिए ।
गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिदा दिइएको हो । यसअघि मुस्लिम आयोगले पनि बिहीबार ईद रहेको बताउँदै बिदाका लागि सरकारसँग अनुरोध गरेको थियो ।
