Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

ईपीएस भाषा परीक्षाः उत्पादनमुलक क्षेत्रको पहिलो चरणको नतिजा प्रकाशित, कति जना उत्तीर्ण भए?

दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । दक्षिण कोरियाको मानव संसाधन विकास सेवाले मंगलबार नतिजा प्रकाशन गरेको हो ।

जसमा ६,३२१ जना उत्तीर्ण भएका छन् । प्रकाशित नतिजा अनुसार ९२।५ प्रतिशत अंक ल्याउने उत्तीर्ण भएका हुन् । पहिलो चरणको परीक्षामा ४७ हजार बढी परीक्षार्थी सहभागी भएका थिए ।

दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो । त्यसअन्तर्गत सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो ।