कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए ।केन्द्रमा भएको सहमति अनुसार यसअघिका मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र)का राजकुमार शर्माले पदबाट राजीनामा दिएका थिए ।
कँडेललाई नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त गरिएको छ । उनलाई एमाले, माओवादी र नेकपा (एकीकृत समाजवादी)का सांसदले समर्थन गरेका छन् ।
उनको शपथग्रहण बुधबार (भोलि) दिउँसो ३ बजेका निम्ति तय गरिएको जानकारी छ।
