राप्रपाले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ। राप्रपाको आन्दोलनमा प्रहरी हस्तक्षेपपछि तितरबितर भएपछि गृहमन्त्री रवि लामिछानेको राजीनामा माग थप गरिएको हो ।
४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा केही पक्राउ परेका छन् ।
गृहमन्त्रीको राजीनामाको माग गर्दै प्रदर्शनमा सहभागीहरुलाई बानेश्वर गएर आम सभा गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आह्वान गरेका छन् । अहिले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोलीले नारासहित नगर परिक्रमा गर्दैछ ।