Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

प्रदर्शनमा झडप भएपछि ज्ञानेन्द्र शाहीले गृहमन्त्रीलाई भने- हामीमाथि लाठ्ठीचार्ज गर्ने होइन, भ्रष्टाचार गर्नेलाई समाउ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जनप्रदर्शनमा झडप भएपछि काठमाडौँको भद्रकाली क्षेत्र तनावग्रस्त बनेको छ । भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो ।

ज्ञानेन्द्र शाहीले गृहमन्त्री लामिछानेलाई आफूहरुमाथि लाठ्ठीचार्ज गरेको आरोप लगाएका छन् । सांसद शाहीले अहिले भद्रकाली अगाडि सिंहदरबार सडकमा बसेर नाराबाजी गरिरहेका छन् ।

उनले आफूहरुमाथि लाठ्ठीचार्ज गर्नु भन्दा भ्रष्टाचार गर्ने नेताहरुलाई पक्राउ गर्न आग्रह गरेका छन् । उनले सांसद कोइरी संसदमै रहेको, निर्मलाका दोषी पक्राउ नपरेको, शालिकराम पुडासैनीले न्याय पाउनुपर्ने बताए । 

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको थियो ।प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।