Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

कांग्रेसलाई रास्वपाको ‘काउण्टर’: ०४७ पछिका सबै काण्ड छानबिन गरौं

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले ०४७ सालपछिका बालुवाटारदेखि अन्य सबै काण्डको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्न प्रस्ताव गरेका छन् ।

नेपाली कांग्रेसले रवि लामिछानेको सहकारी ठगीमा संलग्नताका विषयमा संसदीय छानबिन समिति गठनका लागि राखेको माग पूरा नभएर संसद् अवरोध गरेपछि डा. वाग्लेले बाहिर निस्किएर कांग्रेसलाई यस्तो जवाफ दिएका हुन् ।

‘४७ साल पछिका बालुवाटारदेखि सबै कान्डको छानबिन गर्न उच्च स्तरीय स्वतन्त्र छाबिन समिति गठन गरौं न, एक व्यक्तिलाई टार्गेट किन ?’, कांग्रेसप्रति टिप्पणी गर्दै वाग्लेले भने, ‘आरोपको भरमा कुनै व्यक्तिलाई खुइल्याउने हैन, ग्रान्ड पब्लिक इन्क्वाइरी गर्न आह्वान छ ।’ उनले सहकारी ठगीमा छानबिन भन्दा मान्छे पत्याउँछन् भन्ने कांग्रेसमा भ्रम रहेको बताए । ‘सहकारी ठगी भन्दा मान्छे पत्याउँछन् भन्ने उहाँहरूको भ्रम छ’, वाग्लेले भने, ‘हामी सिङ्गो राज्य ठगी गर्ने विरूद्ध छानबिन गर्नु्स् भनेका छौं ।’