Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सिंहदरबारभित्रै ‘सलाम नगरेको’ भन्दै प्रहरी जवानलाई हवल्दारले ‘थप्पड’ हानेपछि...

सिंहदरबारस्थित अर्थ मन्त्रालयभित्र एक प्रहरी हवल्दारले सलाम नगरेको भन्दै जवानलाई कटपिट गरेका छन् । सिंहदरबार सुरक्षा गणमा कार्यरत प्रहरी जवान सुन्दर सिंहलाई हवल्दार उज्जवल भण्डारीले कुटेको स्रोतले जानकारी दियो । 

हवल्दार भण्डारी अर्थमन्त्रीको सुरक्षामा खटिएका प्रहरी हुन् । आज मंगलबार बिहान साढे १० बजेतिर प्रहरी जवान सिंहलाई किन सलाम नगरेको भन्दै थप्पड हानेको प्रहरीले जनाएको छ ।

 उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले यसबारे आफूलाई जानकारी आए लगत्तै सिंहदरबार गणका एसपी सन्तोष तामाङलाई विस्तृतमा बुझ्न भनेको बताएका छन् । उनले भने, ‘के भएको हो, बुझेर रिपोर्ट गर्न भनिसकेको छु ।’