बुधबार हुने राष्ट्रिय सभा उपाध्यक्षका लागि हुने निर्वाचनका लागि विमला घिमिरे र विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार संघीय संसद भवनस्थित संसद सचिवालयमा पुगेर एमालेबाट घिमिरे र कांग्रेसबाट पुडासैनीले उम्मेदवारी दर्ता गराएका हुन् ।

घिमिरेलाई उनको दल नेकपा एमालेसहित गठबन्धन दलको समर्थन रहेको छ भने पुडासैनीलाई उनको दल नेपाली कांग्रेससहित केही प्रतिपक्षी दलको समर्थन रहेको छ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन भोलि हुँदैछ ।