Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्डः हेर्नुहोस् आज कति छ प्रतितोला?

नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबारको तुलनामा आज प्रतितोला छापावाला सुनको मूल्य १ सयले वृद्धि भएको हो ।

गत कारोबार दिन सोमबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३६ हजार २ सय रहेकोमा आज १ लाख ३६ हजार ३ सय कायम भइ कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च हो ।

त्यस्तै चाँदीको मूल्यमा स्थिरता छाएको छ । सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ६ सय ८५ रहेकोमा आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

पछिल्ला दिनहरुमा नेपालमा सुुनको मूल्यमा वृद्धि हुँदै आइरहेको छ ।