Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

पूर्वराजाले गरे बागेश्वरी मन्दिर दर्शन: पारस, शिताष्मा र प्रेरणा पनि सहभागी

पूर्वराजा ज्ञानेन्द्र शाहले बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । एक हप्तादेखि नेपालगञ्जमा रहेका पूर्वराजा शाहले मंगलबार बिहान पश्चिम नेपालकै प्रसिद्ध बागेश्वरी मन्दिरको दर्शन गरेका हुन् ।

पूर्वराजासँगै पारस, शिताष्मा र प्रेरणाले बागेश्वरीको दर्शन गरेका छन् । पूर्वराजा चैत्र २१ गतेदेखि नेपालगञ्जमा बसिरहेका छन् । चैत्र २४ गते कर्णाली प्रदेशको जुम्ला जिल्लामा नागरिक अभिनन्दन कार्यक्रममा उनी सहभागी भएका थिए ।

नयाँ वर्ष नेपालगञ्जमै मनाउने गरी नेपालगञ्जमै बसिरहेका पूर्वराजाको कार्यक्रमको तालिका सार्वजनिक गरिएको छैन । पूजा गर्न मन्दिरमा पुगेका नेपालगञ्जका मेयर प्रशान्त विष्टसँग पूर्वराजाको छोटो कुराकानी भएको थियो ।

आज बिहान ८ः५५ बजे मन्दिरमा आएका पूर्वराजा पूजा सकिने बित्तिकै बसिरहेको सोल्टी होटल फर्किएका थिए ।