Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

कैलालीमा एउटै कोठामा दिदी–बहिनी मृत्त भेटिए

कैलालीमा एउटै कोठामा दिदी–बहिनी मृत भेटिएका छन् । आज मंगलबार बिहान करिब ७ बजेतिर घोडाघोडी नगरपालिका–१० ठेबारस्थित एक घरमा दुई दिदी–बहिनी मृत फेला परेका हुन् ।

टिनले छाएको काठको दुई तले कच्ची घरको तल्लो कोठामा दिदीबहिनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिएका छन् । मृतक २७ वर्षीया सिमालु चौधरी र उनकी २२ वर्षीया बहिनी इन्द्रा छन् ।

 डिएसपी बोहराका अनुसार उनीहरू दुबै जना झुण्डिएको अवस्थामा फेला परेका हुन् । उक्त खबरपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।