वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेको छ । म्याद सकिएको औषधिजन्य सामाग्री प्रयोग गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।
वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो । मेडिकल कलेजले म्याद गुज्रिएका सामाग्री प्रयोग गर्ने गरेका गुनासो आएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।
घटनाको सम्बन्धमा थप विवरण आउन बाँकी छ ।