Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

जनमतका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटना

जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ।

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खान लगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ।

हाल सांसद खानसहित अन्य घाइतेको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा भइरहेको र थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको बताइएको छ। उनीसँग गाडीमा को को थिए भन्ने स्पष्ट हुनसकेको छैन।