Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्य लगातार उकालोः आज पनि बनायो नयाँ रेकर्ड, हेर्नुहोस् प्रतितोला कति?

नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार सुन तोलामा ६०० रुपैयाँले बढेको छ ।

आइतबारको रेकर्ड तोड्दै सुनको मूल्य आज हालसम्मकै उच्च मूल्यमा पुगेको हो । आज छापावााला सुनको मूल्य एक लाख ३६ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ ।