प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठनले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेको छ ।
आइतबार सो सङ्गठनले सिंहदरबार दक्षिण गेट प्रवेशद्वारमा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा ६ जना पक्राउ परेका छन् । उनीहरूले वर्तमान सरकारले अपेक्षा अनुसार काम नगरेको भन्दै विभिन्न नारा सहितका प्लेकार्ड लिएर प्रदर्शन गरेका थिए ।
बिहान कार्यालय समय सुरु हुनासाथ गरिएको प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेथिति, भ्रष्टाचार र अनियमितता विरुद्ध प्रदर्शन गरिएको नेविसंघ कार्यकर्ताहरुले जनाएका छन् ।
यसअघि चैत ५ गते पशुपति क्याम्पस चाबहिलका नेता–कार्यकर्ताहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै उनको पुत्ला जलाएका थिए ।
त्यसको भोलिपल्ट सिंहदरबार दक्षिण गेट अगाडि उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।