Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

सधैं अरूलाई मात्रै बोकेर कति हिड्नु? अब त मैं काँग्रेसको सभापति बन्छु - चन्द्र भण्डारी

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले पार्टीको आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

आइतबार बुटवलमा प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले आफू संसदीय दलको नेता र पार्टी सभापतिको उम्मेदवार बन्ने बताएका हुन् ।

उनले पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘सधैं अरूलाई मात्रै बोकेर हिँडेर भएन नि । अब त मै सभापतिको उम्मेदवार हो, संसदीय दलको उम्मेदवार हो ।’