रास्वपा संसदीय दलको बैठक बोलाइएको छ ।
बैठक रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा आइतबार साँझ ५ बजे बस्ने तय छ । बैठकमा संसदको कामकारबाहीमा पार्टीको प्रभावकारी उपस्थिति र भूमिकाको सम्बन्धमा छलफल हुने रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
आज बेलुका बोलाइएको बैठकमा संसद्को कामकारबाहीमा पार्टीको प्रभावकारिता, सरकारमा सहभागी मन्त्रीहरुले गरेका कामको सम्बन्धमा समीक्षा हुने भएको छ ।
यस्तै,संसदमा प्रस्तुत विधेयकरूमाथि पार्टीको साझा धारणा बनाउने, रास्वपाबाट सरकारमा गएका मन्त्रीहरूले गरेका काममा सम्बन्धमा समेत बैठकमा छलफल गर्ने एजेण्डा रहेको परियारले जानकारी दिए ।