राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा आज शनिबार काठमाडौँमा भएको झडपमा एक जना प्रहरी जवान गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते हुनेमा प्रहरी जवान रामसिंह बोहरा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षकले जानकारी दिए । उनका अनुसार प्रहरी जवान बोहरा बोल्न नसक्ने अवस्थामा छन् ।
उक्त झडपमा परि प्रहरी सहायक निरीक्षकसहित पाँच जना प्रहरी तथा प्रर्दशनकारी तर्फ १० जना घाइते भएका छन् । उक्त झडमा गम्भीर घाइते भएका प्रहरी जवान बोहरालाई अन्नपूर्ण न्यूरो अस्पतालबाट थप उपचारका लागि नेपाल प्रहरी अस्पताल लैजाने तयारी भएको प्रवक्ताले बताए ।
उनका अनुसार झडपका क्रममा प्रदर्शनकारीले ढुङ्गामुडा प्रहार गरेका थिए । उक्त झपडमा प्रदर्शनकारी तर्फका १२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
महतोले केही समयअघि लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति आनदोलन घोषणा गरेका थिए । ’आज उपत्यका विशेष ब्यूरोले बहुल राष्ट्रिय राज्य नेपाल स्थापनार्थ नेपा मण्डल घोषणाको लागि बृहत जनप्रदर्शन कार्यक्रम थियो । हामीमाथि प्रहरीले लाठी बर्सायो । अहिले मसहित दर्जनौं साथीहरू अस्पतालमा छौं,’ महतोले भने । दुई पक्षबीच झडपको स्थिति भएपछि आन्दोलनको नेतृत्व गरिरहेका महतो गाडी चढेर भागेका छन् ।