Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

जुम्ला पुगे पूर्वराजा ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला पुगेका छन्। जुम्ला सदरमुकाम खलंगामा पूर्वराजालाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ। 

उनलाई राप्रपा प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीसहित राजाका समर्थकहरूले विमानस्थल पुगेर स्वागत गरेका छन्।

 एकदिनको जुम्ला बसाइको क्रममा पूर्वराजा ज्ञानेन्द्रले चन्दननाथ मन्दिरकोसमेत दर्शन गर्ने  कार्यक्रम रहेको छ।