Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

मुग्लिनमा एकाबिहानै दुइवटा बस ठोक्किदा ५ जना घाइते

पृथ्वी राजमार्ग अन्तरगत तनहुँको पुलजिपमा २ वटा बस एकआपसमा ठोक्किदा ५ जना घाइते भएका छन् । 

काकडभिट्टाबाट पोखरा तर्फ जादै गरेको मधेस प्रदेश ०३ ०१ ख ७८७६ नम्बरको यात्रुबाहक बस र विपरित दिसाबाट आउदै गरेको ना ५ ख ३२४० नम्बरको बस आँबुखैरेनी गाउपालिका वडा नं. ४ पुलजिपमा एकआपसमा ठक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि ५ जना घाइते भएको र उपचारको लागि भरतपुर पठाइएको पुलजिप प्रहरी चौकी प्रमुख प्र.स.नि. दिल बहादुर तामाङले जानकारी दिएका छन् ।