Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

उपनिर्वाचन: इलाम र बझाङका लागि मतदानस्थल तोकियो

निर्वाचन आयोगले इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ ।

इलाम–२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र रहने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्तिमार्फत मतदानस्थल र केन्द्र स्वीकृत गरिएको जानकारी दिए । त्यस्तै, प्रदेशसभातर्फ बझाङ-१ ‘क’ मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहने गरी आयोगले स्वीकृति दिएको छ ।

देशभर कुल १० हजार ८९२ मतदानस्थल स्वीकृत गरिएको शर्माले जानकारी दिए । आगामी वैशाख १५ गते रिक्त दुई स्थानका लागि उपनिर्वाचन हुँदै छ ।

उपनिर्वाचनका लागि भोलि (शनिबार) उमेदवारी दर्ता गराउने कार्यसूची छ । त्यसका लागि दलहरूले उमेदवारको टुंगो लगाइसकेका छन् ।