Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिएको राजीनामा स्वीकृत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिएको राजीनामा स्वीकृत भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीले हिजो दिएको राजीनामा आज स्वीकृत गरेका हुन् ।

‘नेपालको संबिधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम तपाईले मिति २०८० चैत २२ मा दिनु भएको राजीनामा स्वीकृत गरेको छ,’ प्रदेश प्रमुख शेरचनले पठाएको पत्रमा भनिएको छ, ‘यहाँले मुख्यमन्त्रीको रूपमा हालसम्म पुर्‍याउनु भएको योगदानका लागि धन्यबाद ज्ञापन गर्दछु ।’