Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको अन्तिम दिन ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो?

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बिहीबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज १ हजार ३ सयले गिरावट आएको हो ।

त्यसो त अघिल्लो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य १ लाख ३४ हजार पुगेको थियो । जुन हालसम्मकै उच्च हो । आज सुनको मूल्यमा गिरावट आइ १ लाख ३२ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले गिरावट आएको छ । बिहीबार तोलामा १ हजार ६ सय ५० मा कारोबार भएको चाँदी आज १ हजार ६ सय ३५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।