Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

नर्सिङ कलेजको साढे ५ तलाबाट हाम फालेकी छात्रा करुणाको मृत्यु

दोलखा सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको साढे पाँच तलाबाट बिहीबार साँझ हाम फालेकी छात्राको मृत्यु भएको छ ।

भवनको साढे पाँच तलाबाट बिहीबार साँझ हाम फालेर गम्भीर घाइते बनेकी करुणा अधिकारीको उपचारका क्रममा ज्यान गएको हो । घाइते भएकी अधिकारीलाई उपचारका लागि काठमाडौं पुर्‍याइएको थियो ।

उपचारको क्रममा भक्तपुरस्थित मध्यपुर अस्पतालमा राति १२ः३० बजे उनको निधन भएको जिल्ला प्रहरी कार्यालय दोलखाका ईन्सपेक्टर जीवन श्रेष्ठले जानकारी दिए ।


पोखराकी घर भएकी अधिकारी कलेजमा पिसिएल नर्सिङको पहिलो वर्षमा अध्ययनरत थिइन् । प्रारम्भिक अनुसन्धानको क्रममा छात्रा अधिकारी डिप्रेसनको बिरामी रहेको देखिएको प्रहरीले जनाएको छ ।