नागरिक उन्मुक्ति पार्टीले नेपाली कांग्रेस नेतृत्वको लुम्बिनी प्रदेश सरकारले छाडेको छ ।
पार्टीबाट भौतिक पूर्वाधार विकास मन्त्री रहेका धर्मबहादुर चौधरीले आज बिहीबार राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएका हुन् ।
पार्टी अध्यक्ष रञ्जिताको निर्देशनपछि चौधरीले राजीनामा बुझाएको पार्टीका एक नेताले जानकारी दिए । नागरिक उन्मुक्ति पार्टीले लुम्बिनीमा एमाले–माओवादी गठबन्धनलाई सघाउने बताइएको छ ।