Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले बिहीबार बेलुका प्रदेश प्रमुख नजिर मियाँको निवासमा पुगेर राजीनामा बुझाएका हुन् ।

साँझ ५ बजे पनि प्रदेश सभा बैठक बस्ने टुंगो नलागेपछि उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् । काठमाडौंमा रहेका नागरिक उन्मुक्तिका दुई र एकजना स्वतन्त्र सांसद नफर्केपछि उनले विश्वासको मत पाउने अवस्थाको अन्त्य भएको हो 

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो । तर मुख्यमन्त्रीकै आग्रहमा साँझ ५ बजेसम्मका बैठक सारिएको थियो । विश्वासको मत पाउने सम्भावना नभएपछि बैठक अघि उनले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्रीको राजीनामापछि प्रदेशसभा बैठक स्थगित भएको छ ।